Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको हरियालीमा अब व्यवस्थित पार्क, बन्यो टालीसहितको बाटो

हाम्रो कोशी आवाज
असार १३ २०७७, शनिबार
धरानको हरियालीमा अब व्यवस्थित पार्क, बन्यो टालीसहितको बाटो

धरानः धरानका सामुदायिक वन उपभोक्ता समितिहरू पर्यटक बढाउने कार्यक्रममा लागेका छन् । उनीहरू आ–आफनो संरक्षणमा रहेका वनमा यस्तो कार्यक्रम सञ्चालन गर्दै आएका छन् । धरान–१९ स्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहले व्यवस्थित वनभोजस्थलका रूपमा ‘हरियाली पार्क’ को विकास गर्दै अघि बढिरहेको छ ।
अहिले पार्कलाई व्यवस्थित गर्न स्थानीय लागिपरेका छन् । समूहका अध्यक्ष रामकुमार राईका अनुसार प्रदेश सरकारको वन तथा पर्या पर्यटन मन्त्रालयबाट छुट्टिएको २० लाख रूपैयाँ बजेटबाट पार्कलाई व्यवस्थित गरिएको छ । ‘पार्क व्यवस्थित गर्न रेलिङसहितको बाटो बनाउन २० लाख र पार्कभित्र रहेका वन्यजन्तु संरक्षण तथा उद्दारका लागि ६ लाख बजेट छुट्टिएको थियो’, उनले भने, ‘अहिले निर्माण कार्य सकिएको छ ।’
नेकपाका स्थानीय नेता सन्त तेम्बेका अनुसार शनिबार प्रदेश १ का सभामुख प्रदीप भण्डारी, सांसद उमिता बराइली, सावित्री श्रेष्ठको उपस्थितिमा सो रेलिङको उद्घाटन गरिएको छ । यसले पार्क व्यवस्थित बनेको उनले बताए । अहिले त्यहाँ पार्कभित्र टालीसहितको रेलिङ निर्माण सप्पन्न भएको बताए । ‘यसले आन्तरिक तथा बाह्य पर्यटकका लागि फाइदा पुग्नेछ ।’ उनले भने । यसरी नै हरियाली सामुदायिक वनले पनि ५० लाख रुपैयाँभन्दा बढी खर्च गरेर चिल्डेन पार्क, मिनी चिडियाखाना र व्यवस्थित वनभोज घरको निर्माण भइसकेको छ । हरियालीमा धारा र बिजुलीको पनि व्यवस्था छ ।
हरियालीले त्यहाँ जाने वनभोज समूहलाई ‘रोष्ट ओभन’ (सेकुवा पोल्ने चुलो) समेत उपलब्ध गराउँदै आएको छ । वनभोज टोलीलाई उनीहरूको रोजाइका आधारमा स्थान उपलब्ध गराइन्छ । त्यसबापत केही शुल्क पनि लिने गरेको छ । वनभोजबाहेक घुम्न जानेका लागि प्रवेश शुल्क तोकिएको छ । पार्कभित्रै रहेको बाल उद्यान प्रयोग गरेबापत छुट्टै शुल्क लिने गरिएको छ ।
कात्तिकदेखि वैशाखसम्म वनभोजमा आउनेहरूको घुइँचो लाग्ने गरेपनि अहिले कोरोनाका कारण पार्क बन्द रहेको उपाध्यक्ष हरिबहादुर तामाङले जानकारी दिए ।

यसअघि पार्कमा रेलिङसहितको बाटो निर्माण गरिँदै ।

प्रकाशित मिति: असार १३ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend