Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सडक दुर्घटनाः प्रदेश १ मा ४१ जनाको मृत्यु

हाम्रो कोशी आवाज
असार १४ २०७७, आइतबार
सडक दुर्घटनाः प्रदेश १ मा ४१ जनाको मृत्यु

विराटनगरः लकडाउनको अवधिमा प्रदेश १ मा ४१ जनाले ज्यान गुमाएका छन् ।
गत चैत ११ गतेबाट सरकारले गरेको लकडाउन अन्र्तगत जेठ ३२ गते अर्थात् ८३ दिनमा प्रदेश–१ का १४ जिल्लामा भएको सवारी दुर्घटनामा ४१ जनाले ज्यान गुमाएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । सो अवधिमा पाँच जना बालबालिकासहित २७ पुरुष र ९ जना महिलाले ज्यान गुमाएको प्रदेश–१ ट्राफिक प्रहरी कार्यालय इटहरीका डीएसपी लक्ष्मीराज अधिकारीले जानकारी दिए ।
मोरङमा १४, झापा र सुनसरीमा ८–८, ताप्लेजुङमा ३, इलाम र उदयपुरमा दुई–दुई जना, भोजपुर, संखुवासभा, ओखलढुंगा र सोलुखुम्बुमा एक–एक जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति: असार १४ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend