Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको सब्जीमण्डी छिर्ने ठाउँमा टायलको बाटो

हाम्रो कोशी आवाज
असार १४ २०७७, आइतबार
धरानको सब्जीमण्डी छिर्ने ठाउँमा टायलको बाटो

धरानः धरान भानुचोकस्थित लोकतान्त्रिक चौतारीदेखि सब्जीमण्डी छिर्ने अनि मुख्य बजार निस्किने ठाउँसम्म टायल बिछ्याएर बाटो निर्माण गरिएको छ । स्थानीयको २० प्रतिशत र धरान उपमहानगरपालिकाको ८० प्रतिशत लागतमा सो सडक बनेको हो । सडक बन्नुअघि सार्वजनिक बस ओहोरदोहोर गर्दथे । त्यहाँ विशेषतः विराटनगरबाट आइपुग्ने सार्वजनिक सवारी, ट्याक्सी रोकिने गर्दथे ।
सार्वजनिक बस, ट्याक्सीको लर्को लागेपछि बाटो हिँड्ने बटुवालाई समेत हिँडडुलमा अप्ठ्यारो पारेको थियो । अहिले सडक बनेपछि सार्वजनिक बस, ट्याक्सीको लागि स्थान छुट्टिएको छ । अब सार्वजनिक बस, ट्याक्सी सडक पूर्व रहेको खाली जग्गामा रोकिनेछन् । अर्को कुरा कालोपत्रे गर्नुभन्दा वातावरणमैत्री, सस्तो, टिकाउ र आकर्षक साथै चिटिक्क पनि देखिएको छ । अहिले धरानमै पनि टायल बिछ्याउने र टायलको प्रयोग बढ्दो छ ।
बेग्लै छ सो ठाउँको कथा
यसअघि त्यो ठाउँमा सुविधा सम्पन्न सपिङ कम्प्लेक्स बनाउने गुरू तयार भएको थियो तर धेरै वर्षपछि यो निर्णय उल्टिएपछि यो स्थानलाई सवारी साधनको पार्किङस्थल बनाइएको थियो । धेरै वर्षअघि सो स्थानमा सपिङ कम्पलेक्स बन्छ भनेर व्यवसायीले सब्जी मण्डी र फेन्सी स्टोरका टहरा भत्काइएको थियो ।
२०५६ साल अगाडि सब्जी मण्डी र फेन्सीसपको टहराबाट वार्षिक ३ करोड रूपैयाँ बढी आम्दानी हुने स्थानीय बताउँछन । वर्षौदेखिको गुरू योजनालाई थाती राख्दा उपमहानगरपालिकाले बेफाइदा मात्र होइन करोडौंको राजस्व समेत गुमाएको थियो । सो स्थान पार्किङस्थलमा परिणत हुने भएपछि त्यो आयस्रोत समेत गुमेको छ ।
फोटोः हाम्रो कोशी आवाज

 

प्रकाशित मिति: असार १४ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend