उदयपुरः उदयपुरको चौदण्डीगढी नगरपालिका–५ खोरिया बस्तीका १८ वर्षीय दीपेश मगरको चट्याङको आवाजले बेहोस भएर मृत्यु भएको छ ।
आफ्नै खेतमा काम गरिरहेको अवस्थामा नजिकै परेको चटयाङको आवाजले बेहोस भएका मगरलाई उपचारको लागि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचारको क्रममा शनिबार राति पौने ८ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।