भोजपुरः भोजपुरको अरुण गाउँपालिका–३ प्याउलीका कर्णबहादुर कार्कीको घरमा आगलागी हुँदा अन्दाजी १५ लाख बराबरको क्षति भएको छ भने आगलागीमा परी एक बालिका घाइते भएकी छिन् ।
आइतबार दिउँसो साढे १ बजेको समयमा कार्कीको घरमा विद्युत सर्ट भई अचानक आगलागी हुँदा निजको टिनको छानो भएको कच्ची घर र घर भित्र रहेका खाद्यान्न, नगद तथा लत्ता कपडा लगाएत सम्पुर्ण समान जलेर नष्ट हुँदा करिव १५ लाख बराबरको क्षति भएको हो ।
सो आगलागीमा परी कार्कीको ३ वर्षीया नातिती विष्णुमाया कार्की घाइते भएकी छन् । घाइतेलाई उपचारको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाइएको छ भने आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा दिउँसो पौने ३ बजे आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।