Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

रसिलो ड्रागन खेतीमा रमाउँदै धराने महिला

हाम्रो कोशी आवाज
असार १५ २०७७, सोमबार
रसिलो ड्रागन खेतीमा रमाउँदै धराने महिला

धरानः धरानकी शिव वान्तवा राई रसिलो ड्रागन खेतीमा रमाएको धेरै वर्ष भएको छैन तर पनि महिनामै एक लाख कमाएपछि झनै हौसिएकी छिन् । उनलाई ड्रागनको खेतीले छोटै समयमा सफल कृषकका रूपमा पनि स्थापित गरेको छ ।
‘मेरो आमा क्यान्सर रोगबाटै बित्नुभएको थियो, यो फल खाएर क्यान्सरलाई नियन्त्रण गर्न सकिन्छ भन्ने थाहा पाएपछि यसको खेती गरेकी हुँ’, उनले भनिन् । उनले दुई वर्षको अवधिमा फल बेचेरै कमाएको बताइन् । गत साल ७५ हजार रूपैयाँको फल बिक्री गरेर आम्दानी गरेको बताउने उनले विरुवा नै दुई लाख रूपैयाँको हाराहारीमा बेचेकी थिइन् ।
यो खेती जिल्लामै पहिलोपटक भित्रिएको हो । माघदेखि यता तीन लाखको हाराहारीमा विरुवा बिक्री गरेको बताउने उनले भनिन्, ‘यसअघि महिनादिनको अवधिमै एक लाख कमाउन सफल भएको थिएँ ।’
५० वटासम्म विरुवा दिनमा बिक्री भइरहेको उनी बताउँछिन् । ‘अहिले फल लाग्न थालिसकेको छ, साथसाथै विरुवा बिक्री गरेरै पनि कमाउने गरेकी छु ।’ उनले भनिन् । रातो र सेतो ड्रागनको खेती गरिरहेको उनले बताइन् ।
धरानमा ‘एक घर दुई विरुवा’ अभियान आफू लागेको बताइन् । ‘एक घर दुई विरुवा रोपिदिए हुन्थ्यो, राम्रो हुन्छ ।’ उनी भन्छिन् । लगनशील, मिहिनेती भइयो भने फलले राम्रो आम्दानी दिने उनी बताउँछिन् । २ कट्ठामा यतिको आम्दानी दिन्छ भन्ने नसोचेकी उनले सो ठाउँमा योसँगै तीन किसिमको खेती गरेकी छिन् । सावर सुप, एभोकाडा, नुनीलगायतको पनि खेती गरेको उनी बताउँछिन् ।
अब झन् फल लाग्ने समय बढ्दै गएकाले वार्षिक आम्दानी बढ्ने उनले बताइन् । ‘केही वर्षपछि लगाएको बोटबाट वार्षिक लाखौं आम्दानी लिने लक्ष्य छ, अब समय र मौसमले कतिको साथ दिन्छ, हेरौं ।’ उनले भनिन् । गर्मी ठाउँमा खेती हुने ड्रागन फ्रुट अरू फलभन्दा भिन्न गर्मी र जाडो समय दुवैमा खान मिल्ने फल हो । झन्डै १३ थरिको पोषणतत्व पाइने यो फल जसले खाँदा पनि हुने उनी बताउँछिन् । कोलेस्ट्रोल र क्यान्सरका लागि धेरै फाइदाजनक फल रहेको यो फल एउटाको ३०० देखि ५०० रुपैयाँसम्म पर्ने उनको भनाइ छ ।
‘धेरै मेहनत गरेर खेतीमा लागेको कारण अब मेरो यसैमा लगानी हुनेछ’, उनले भनिन्, ‘मेरो मेहनत र उत्पादन देखेर धेरै प्रभावित हुनुभएको छ, संखुवासभाको तुम्लिङटारसम्म विरुवाको अर्डर हुन थालेको छ, यसैमा सन्तुष्ट छु ।’
घरको छत तथा करेसाबारीमै रोप्न सकिन्छ, कसरी गर्ने ड्रागन खेती ? ड्रागन फलको फाइदाबारे जानौं
ड्रागन फल नेपालमा भित्रिएको त्यति लामो समय भएको छैन । तर, यसको लोकप्रियता भने छोटो समयमै चुलिएको छ । यो फल देख्दामा जति आकर्षक हुन्छ त्यत्तिकै स्वादिष्ट पनि । यसबाट प्राप्त हुने फाइदाले महङ्गो मूल्यलाई बिर्साइदिन्छ ।
ड्रागन फलको खेती गर्न त्यति गाह्रो छैन । तराईदेखि उच्च पहाडी भेगमा पनि यसको खेती गर्न सकिन्छ । समुन्द्री सतहदेखि करिव तीन हजार मिटसम्मको उचाईमा ड्रागन उत्पादन सम्भव छ । सुक्खा ठाउँबाट पनि यसको फल प्राप्त गर्न सकिन्छ ।
घरको छत तथा करेसावारीमा समेत बिरुवा रोप्न सकिन्छ । फूल फुलेको ४५ दिनमा यसको फल तयार हुन्छ । जेठदेखि असोज(कात्तिकसम्म फुल फुलिरहन्छ । यसले राम्रो उत्पादन दिने भएकाले खेती गरेर पनि मनग्य आम्दानी गर्न सकिन्छ ।
ड्रागन फलको फाइदा
–छालासम्बन्धि विभिन्न रोग निको पार्नका लागि ड्रागन फलले सहयोगी भूमिका निर्वाह गर्छ । यसले कपाललाई पनि फाइदा पुरयाउँछ ।
–यो फल गर्भवती महिलाको लागि अत्यन्तै लाभदायक हुन्छ ।
–कोलस्ट्रोल, उच्च रक्तचाप नियन्त्रणमा पनि यसले भूमिका निर्वाह गर्छ । यसले कब्जियतको समस्यालाई समेत निको पार्छ ।
–क्यान्सरको सम्भावनाबाट टाढा रहनका लागि पनि यो फल सेवन गर्दा हुन्छ ।
–यस फलले तौललाई सन्तुलनमा राख्ने काम पनि गर्छ ।
–मजबुत हाड र दाँतको लागि ड्रागनको फल उपयोगी हुन्छ । साथै यसले शरीरमा सेल उत्पादनमा पनि मद्दत पु¥याउँछ ।
व्यावसायिक ड्रागन फल खेतीको लागि पोल निर्माण रेखांकन र बिरुवा रोप्ने तरिकाः
ड्रागन फलको बिरुवा १.५ मिटर अगलो हुने भएकोले अडयाउनका लागि तेही अनुसारको पोल बनाउनु पर्दछ ।
पोल बनाउदा साइज २ मिटर र बिचमा २ – ३ वटा रड राखी अलि बलियो किसिमको बनाउनुपर्छ ।
रेखांकनः
राम्ररी खनजोत गरिसकेपछि ।
लाइनदेखि लाइनको दुरी २ . ५ मिटर र बोट देखि बोटको दुरी २ मिटर हुने गरि रेखांकन गर्नु पर्दछ ।
यसरी विरुवा लगाउँदा १ हेक्टरम २००० पोल र प्रति पोल ३ वटा बिरुवा लगाउदा ६००० बिरुवा र ४ वटा लगाउन ८००० बिरुवा लागदछ ।
विरुवा रोपनः
पोललाई जमिनमा ३०–४० से.मी. गाडेर दरो किसिमले अडयाउनु पर्छ ।
प्रत्येक पोलको वरिपरि ३० से.मी. को फरक पारी ३–४ वटा विरुवा रोप्नुपर्छ ।
विरुवा रोप्दा जति भाग पोली ब्यागमा विरुवा गडेको छ, त्यसै अनुसार गाडनुपर्छ र विरुवालाई केही पोलतर्फ ढल्काएर रोप्नुपर्छ ।
विरुवा सारीसकेपछी हल्का सिचाइ गरी छापो हालदिनुपर्छ ।
–एजेन्सी

प्रकाशित मिति: असार १५ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend