Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

लभडाँडाबाट खैरो हिराइनसहित युवा पक्राउ

हाम्रो कोशी आवाज
असार १५ २०७७, सोमबार
लभडाँडाबाट खैरो हिराइनसहित युवा पक्राउ

बिर्तामोडः झापाको गौरादह–४ डोरामारीका ३४ वर्षीय सुमन भण्डारी प्रतिवन्धित लागूऔषध सहित पक्राउ परेका छन् ।
कमलगाउँपालिका–५ लवडाँडास्थित राजमार्गमा मे५प ७५९८ नम्बरको मोटरसाइकलमा आएका भण्डारीलाई चेकजाँच गर्ने क्रममा उनको साथबाट २ ग्राम ९५ मिलिग्राम खैरो हिरोइन ब्राउनसुगर फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
विशेष सुराकका आधारमा लागूऔषध ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले भण्डारीलाई पक्राउ गरेको हो । उनलाई इलाका प्रहरी कार्यालय दमकमा राखी कानुनी कारबाही अगाडी बढाइएको छ ।

प्रकाशित मिति: असार १५ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend