धरानः जिल्ला अदालत सुनसरीका न्यायधीशका सुरक्षा खटिएका बर्डगार्डले आफैले आफैलाई गोली हानेका छन् । उनले आफैले बोकेको पेस्तोलले कन्चटमा गोली हानेर आत्महत्या गरेका हुन् ।
न्यायाधीश शंकर राईको सुरक्षामा खटिएका बर्डगार्ड ओमप्रसाद खतिवडाले आफैलाई गोली हानेका थिए । कन्चटमा गोली हानेका उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
प्रहरी कार्यालयका प्रमुख कमल थापाका अनुसार प्रहरी हवल्दार रहेका उनले किन त्यसो गरे भन्ने खुल्न आएको छैन । ‘७ः२५ मिनेटमा यो घटना भएकै हो’, उनले भने, ‘किन त्यसो गरे त्यो खुल्न सकेको छैन ।’