Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा अनलाइनबाटै खाना, खाजा !

हाम्रो कोशी आवाज
असार १६ २०७७, मंगलबार
धरानमा अनलाइनबाटै खाना, खाजा !

धरानः लकडाउनले पनि प्रविधिको प्रयोगमा व्यापकता ल्याएको छ ।
सरकारले असार १ गतेदेखि बन्दाबन्दी खुकुलो गरेपनि धेरै भीडभाड हुने क्षेत्रमा पर्ने भन्दै रेस्टुरेन्टलाई प्याकिङ खाजाको लागि मात्रै अनुमति दिएको छ ।
योसँगै धरानस्थित बराह किचनले भने होम डेलिभरीको व्यवस्था गरेको छ । ग्राहकको सेवाका लागि अनलाइन अर्डर लिएर डेलिभरी गर्ने व्यवस्था गरिएको शाखा प्रमुख मानबहादुर दियाली (विक) ले जानकारी दिए ।
अहिले रेस्टुरेन्ट व्यवसायी आफैं पनि प्रविधिको प्रयोगमा अभ्यस्त हुने उपयुक्त मौका मिलेको उनले बताए । ‘ग्राहकले रेस्टुरेन्टको मेनु अनुसार नै इच्छाएको खानेकुरा माग्न सक्छन् । अर्डर भएको खानेकुरा घरघरमै पुरयाइनेछ ।’ उनले भने ।
बराह ग्रुपद्वारा सञ्चालित बराह फेमिली किचनले यो लकडाउनको समयमा पनि धरानको २० वटै वडामा ग्राहकलाई फ्रि होम डेलिभरी सेवा समेत दिइसकेको छ । ‘आफ्ना ग्राहकहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै पूर्ण स्वास्थ्य सुरक्षासहित फ्रि होम डेलिभेरीको सेवा व्यवस्था गरेका छौं’, उनले भने । किचनका म्यानेजर दीपेन बराइलीले धरान र भेडेटारमा हरेक दिन बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म सेवा दिँदै आएको बताए ।
होम डेलिभेरी सेवामा मेनुको रेटमा भन्दा ५ देखि १० प्रतिशतसम्म सस्तोमा दिइएको उनले बताए । ‘ग्राहकले अर्डर गरे ४५ मिनेटभित्रमा डेलिभेरी गरिदिने व्यवस्था गरेका छौं’, उनले थपे, ‘लकडाउनपछि पनि फ्रि होम डेलिभेरी सेवा निरन्तररूपमा नै रहिरहनेछ ।’
होम डेलिभरी सेवाका लागि ग्राहकले किचनको अफिसियल फेसबुक पेज र इन्स्ट्राग्राम पेजमा गएर अर्डर गर्न सक्ने व्यवस्था गरिएको छ । यस्तै, ०२५–५२५३३७, ९८०२७३८४९१ नम्बरमा फोन गरेर समेत अर्डर गर्न सकिने म्यानेजर बराइली बताउँछन् ।

प्रकाशित मिति: असार १६ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend