सुनसरीः सुनसरीको इनरुवा नगरपालिका–३ महेन्द्रचोकबाट लागुऔषधसहित दुईजना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा इनरुवा–१० का ३० वर्षीय मोहमद अलाउदिन र सोही स्थानका २५ बर्षीय अक्तर आलम रहेका छन । बुधबार बिहान साढे ११ बजे को१०प १९९ नम्बरको मोटरसाइकलमा सवार गरी आएका दुवैजनालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनीहरुको साथबाट डाइलेक्स डिसी–१० बोतल र स्पास्मो प्रोक्सिभन–११४ क्याप्सुल फेला पारी बरामद गरिएको हो ।
विशेष सुराकका आधारमा लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका दुबैजना उपर जिल्ला प्रहरी कार्यालय सुनसरीबाट कानुनी कारबाही अगाडि बढाइएको छ ।