Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ताप्लेजुङमै पहिलोपटक कोरोना संक्रमित भेटिए

हाम्रो कोशी आवाज
असार १७ २०७७, बुधबार
ताप्लेजुङमै पहिलोपटक कोरोना संक्रमित भेटिए

ताप्लेजुङः कोरोना सङ्क्रमणका दृष्टिले अहिलेसम्म सुरक्षित रहेको ताप्लेजुङमा बुधबार पहिलोपटक एकजना पिसीआर रिपोर्ट पोजेटिभ भएका व्यक्ति फेला परेका छन् ।
साउदी अरबबाट फर्किएका सिरिजङ्घा गाउँपालिकाका ती युवा ज्वरोसहितका समस्याका कारण उपचारका लागि जिल्ला अस्पतालको फिवर कक्षमा भर्ना भएका थिए । विभिन्न देशबाट फर्किएर क्वारेन्टाइनमा बसेका नागरिक र शङ्कास्पद गरी २० जनाको स्वाब सोमबार सङ्कलन गरी परीक्षणका लागि पठाइएकोमा ती व्यक्तिको पिसीआर रिपार्ट भने पोजेटिभ आएको हो ।
यसअघि दुईजनाको आरडीटी रिर्पोट पोजेटिभ आएपनि पछि पिसीआर परीक्षण गर्दा रिर्पोट नेगेटिभ आएको थियो । यसअघि ताप्लेजुङमा १ सय ५२ जनाको पिसीआर परीक्षण गरिएकोमा सबैको रिपार्ट नेगेटिभ आइसकेको छ । परीक्षण लागि २० जनाको स्वाब पठाइएकोमा एकजनाको पिसीआर रिपार्ट पोजेटिभ आएपछि १ सय ७१ जनाको पिसीआर रिपोर्ट भने नेगेटिभ आएको छ ।
पिसीआर रिपोर्ट पोजेटिभ आएका व्यक्तिलाई उपचारका लागि मेची अञ्चल अस्पताल झापा वा मोरङको गोठगाउँस्थित केन्द्रमा पठाउनेबारे छलफल भइरहेको स्रोतले जानकारी दिएको छ । पिसीआर पोजेटिभ आएको बारे कोभिड–१९ नियन्त्रण जिल्ला समितिले भने अहिलेसम्म औपचारिक केही जानकारी दिएको छैन ।
यसअघि भारतबाट फर्किएर झापाको बुद्धशान्ति र सुनसरीको भोक्राहास्थित क्वारेन्टाइनमा रहेका बेला गरिएको परीक्षणमा ताप्लेजुङमा ४ जना कोरोना संक्रमित फेला परेपनि ताप्लेजुङमै पिसीआर परीक्षण रिपार्ट पोजेटिभ आएको भने यो पहिलोपटक हो । यसअघि झापाको बुद्धशान्ति र सुनसरीको भोक्राहास्थित क्वारेन्टाइनमा फेला परेका ताप्लेजुङका कोरोना संक्रमित भने निको भएर घर फर्किसकेका छन् ।

प्रकाशित मिति: असार १७ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend