Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बीपी प्रतिष्ठानले शोषण गरेको गुनासो

हाम्रो कोशी आवाज
असार १८ २०७७, बिहिबार
बीपी प्रतिष्ठानले शोषण गरेको गुनासो

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कायरत् मेडिकल अफिसरहरू काम छोडेर धर्नामा बसेका छन् । तलब नबढेपछि उनीहरू धर्नामा बसेका हुन् ।
बिहीबार बिहान उनीहरू उपकुलपतिको कार्यालय अगाडि धर्ना बसे । उपकुलपतिलाई पहिल्यै तलब वृद्धिबारे जानकारी गराएपनि खासै सुनुवाई नभएपछि उपकुलपतिकै कार्यालय अगाडि धर्नामा बसेको उनीहरूले बताएका छन् ।
सबै (कर्मचारी, प्रोफेसर, डाक्टर, नर्स, सेक्युरिटी गार्ड, नर्स, उपकुलपति आदि) सबैको तलब छुट्याइएको तर मेडिकल अफिसरलाई भेदभाव गरिएकोप्रति आफूहरूको आपत्ति रहेको उनीहरूको भनाइ छ । एक वर्षदेखि नै तलबबारे कुरा उठाएपनि एकपटक पनि माग सम्बोधन हुन नसकेको उनीहरूको गुनासो छ ।
‘अघिल्लो वर्ष डेंगुको बेला भ्याइएन भनियो साथै कार्यवाहकले केही गर्न नसकिने भनियो, यसपटक कोभिड–१९ को बहाना बनाइयो ।’ एक डाक्टरले गुनासो पोखे । आठौं तह मेडिकल अफिसरको तलब ४५ हजार ७ सय ४६ रूपैयाँ भएको (भत्ता सुविधाबाहेक) तर २९ हजारमा ५ वर्षदेखि कार्यरत् रहेको बताएका छन् । ‘हामी त आठौं तहका मेडिकल अफिसर हौं’, एक डाक्टर भन्छन्, ‘पोष्ट र तलबमै बीपी प्रतिष्ठानले शोषण गरेको छ ।’
आफूहरू एनएमसी पास र नम्बर पाएको मेडिकल डाक्टर भएको बताउँदै ट्रेनीको हिसाबमा मात्रै राखेको उनीहरूको गुनासो छ । ‘खासमा अफिसरले पाउने तलब ५० देखि ५५ हजारचाहिँ हो तर २९ हजारमै चित्त बुझाउनुपर्ने अवस्था छ ।’ डाक्टर भन्छन् । उनीहरूले नर्सको तलब ३६ हजार भएको र आफ्नो २९ हजारमै चित्त बुझाउनुको विडम्वना रहेको सुनाए ।
फोटोः हाम्रो कोशी आवाज डटकम

प्रकाशित मिति: असार १८ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend