विराटनगरः मोरङको विराटनगर महानगरपालिका १२ बखरीबाट भन्सार छली गरी ल्याएको करिब ५ लाख भन्दा बढीको अवैध सामानसहित ६ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले को१ह ८४५१ टेम्पो र को१३प ४२४७ नम्बरको मोटरसाइकलमा लोड गरेर ल्याउँदै गरेको अवस्थामा टेम्पो चालक बिराटनगर–१५ का राजा पासवानसहित बिशाल चौधरी, सोनु चौधरी, रोहित चौधरी, पुरुषोत्तम चौधरी र अबिनाश चौधरीलाई पक्राउ गरेको हो ।
निजहरूको साथबाट प्रहरीले भारतबाट नेपालतर्फ अवैधरूपमा भन्सार छली गरी ल्याएका अन्दाजी ५ लाख ३० हजार रुपैयाँ बराबरको विभिन्न किसिमका लत्ता–कपडा बरामद गरेको हो । बरामद भएको सामान, पक्राउ परेका मानिस तथा सवारी साधन समेत आवश्यक कारवाहीको लागि विराटनगर भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।