Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

विराटनगरमा स्कुटर अनियन्त्रित हुँदा युवाको मृत्यु, सुत्न लागेको चौधरीको करेन्ट लागेर मृत्यु

हाम्रो कोशी आवाज
असार १९ २०७७, शुक्रबार
विराटनगरमा स्कुटर अनियन्त्रित हुँदा युवाको मृत्यु, सुत्न लागेको चौधरीको करेन्ट लागेर मृत्यु

विराटनगरः विराटनगरमा राति स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा युवाको मृत्यु भएको छ ।
बिहीबार राति करिब साढे ११ बजे विराटनगर महानगरको रानीमा स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा २३ वर्षीय प्रशान्त बस्नतेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार राती सडकमा गुडिरहेको लु४६प ६३९० नम्बरको स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा गम्भीर घाइते भएका बस्नेतको उपचारका क्रममा शुक्रबार नोवेल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाका अनुसार घाइते बस्नेतको उपचारका लागि न्यूरो अस्पताल लगिएको थियो । तर त्यहाँ उपचार सम्भव नभएपछि नोबेल लगिएको थियो । उपचारकै क्रममा महानगर १६ का बस्नेतको नोबेलमा बिहान करिब ४ बजे मृत्यु भएको हो ।
यस्तै, मोरङको बेलबारी नगरपालिका–९ घर भई विराटनगर महानगरपालिका–१९ मा बस्दै आएका २५ वर्षीय कान्छा चौधरीको करेन्ट लागेर मृत्यु भएको छ ।
बिहीबार राति साढे १० बजे सुत्नको लागि झुल लगाउने क्रममा अचानक करेन्ट लागेर घाइते भएका चौधरीको उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: असार १९ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend