सुनसरीः जिल्ला प्रहरी कार्यालय सुनसरीले श्रीमती हत्या आरोपमा एकजनालाई नियन्त्रणमा लिएको छ ।
हरिनगर गाउँपालिका–१ की ४३ वर्षीय रसिदा खातुनको हत्या आरोपमा उनका श्रीमान स्तुल मियाँलाई नियन्त्रणमा लिएको हो । फरार मियाँ बुधबार आफैं जिल्ला प्रहरी कार्यालय सुनसरीमा हाजिर भएपछि उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ ।
उनी ९ असार २०७६ मा घटना भएपछि फरार रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले नियन्त्रणमा लिएर अनुसन्धान थालिएको बताए ।
रसिदाको घाँटीमा गम्भिर चोट थियो र प्रहरीले उनको शव उत्खनन गरेर अनुसन्धान थालेपछि उनी फरार थिए । अनुसन्धानका क्रममा घाँटीमा चोट देखिएको थियो । शव उत्खनन गरी पोष्टमार्टम गर्न बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएर प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।