Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रदेश १ सरकारको कार्य प्रतिवेदन प्रस्तुत, समुदायमा कोरोना फैलिन नदिन लागिरहेका छौंः मुख्यमन्त्री

हाम्रो कोशी आवाज
असार १९ २०७७, शुक्रबार
प्रदेश १ सरकारको कार्य प्रतिवेदन प्रस्तुत, समुदायमा कोरोना फैलिन नदिन लागिरहेका छौंः मुख्यमन्त्री

विराटनगरः प्रदेश १ सरकारले कोरोना भाइरसको रोकथाम तथा प्रतिरक्षाका लागि हालसम्म भएका कामहरू देखाएको छ ।
शुक्रबार विराटनगरस्थित उद्योग सङ्गठनमा पत्रकार सम्मलेनको आयोजना गर्दै प्रदेश सरकारले कामको प्रतिवेदन प्रस्तुत गरेको हो । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले सरकारले कोभिडलाई पराजित गर्न योजनाबद्धरूपमा काम गरेको बताए । उनले समुदाय तहमा कोरोना तहमा फैलन नदिनका लागि प्रदेश सरकार लागिरहेको बताए । सरकारले कोभिड १९ लाई पूर्णरुपमा नियन्त्रणमा लिने योजनासहित अघि बढिरहेको भन्दै प्रदेश सरकारले विराटनगरको कोभिड केन्द्रमा ३ सय, मेची अस्पतालमा २ सय र धाइजन हेल्थपोष्टमा २५ बेड स्तरोन्नति गर्ने पनि जनाएको छ ।
प्रदेश १ सरकारले हाल नेपाल भारत सीमाका पशुपतिनगर, काकडभिट्टा, भद्रपुर, रगेली, रानी र भन्टाबारी लगायतका क्षेत्रहरुमा होल्डिङ सेन्टर स्थापना गरेको छ । होल्डिङ सेन्टर स्थापना गरी प्रदेश सरकारले विदेशबाट आउने नागरिकहरुको व्यवस्थापन गर्न स्पष्ट जिम्मेवारीसहितको कार्यविधि र संक्रमण परीक्षणको योजनाहरु पनि अघि सारेको छ ।
रोकथाम तथा प्रतिरक्षाका लागि प्रदेश १ सरकारले स्थापना गरेको कोरोना जनसुरक्षा कोषमा हाल ३३ करोड ५४ लाख १ हजार ९ सय ४१ रुपैयाँ ४० पैसा जम्मा भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका प्रमुख सचिव दिनेश भट्टराईले बताए । उनले प्रदेश सरकारको सो कोषबाट कुल २७ करोड ३३ लाख ८९ हजार ८ सय ९० रुपैयाँ बराबरको रकम विभिन्न मन्त्रालयहरु मार्फत् निकासा भई खर्च हुने क्रममा रहेको जानकारी दिए ।
प्रदेश सरकारको कोरोना जनसुरक्षा कोषमा भने प्रदेश सरकारको तर्फबाट २५ करोड, नेपाल सरकारको तर्फबाट ४ करोड, बैंक तथा वित्तीय संस्थाहरुको तर्पmबाट १ करोड ८६ लाख २ हजार २ सय ३६, प्रदेशका पदाधिकारी तथा कर्मचारीहरुको तर्फबाट १ करोड ६४ लाख ६० हजार ९ सय ७५ रुपैयाँ ८० पैसा, उद्योगी व्यावसायीहरुको तर्फबाट ७४ लाख ८० हजार र अन्य विभिन्न व्यक्ति तथा संस्थाहरुको तर्फबाट २८ लाख ५८ हजार ७ सय ३० रुपैयाँ गरी ३३ करोड रकम जम्मा भएको थियो ।
यसका साथै प्रदेश सरकारले प्रदेश नं. १ का विभिन्न अस्पतालमा हालसम्म कूल ५ सय ८८ जनाको उपचार भइरहेको तथा ४ सय जना निको भई डिस्चार्ज भइसकेको प्रस्तुत प्रतिवेदनले देखाएको छ । जसमा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २८ महिला र ५ पुरुष गरि ३३ जना, विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा १९ महिला र १३ पुरुष गरि ३२ जना, गोठगाँउस्थित कोभिड–आइसोलेशन अस्पतालमा पुरुष १ सय ५ जना र उदयपुरको चौदण्डीगढीमा ८ महिला र १० पुरुष गरी १८ जनाको उपचार भइरहेको छ ।

प्रकाशित मिति: असार १९ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend