Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

लागूऔषधसहित यसरी पक्राउ परे युवायुवती

हाम्रो कोशी आवाज
असार २० २०७७, शनिबार
लागूऔषधसहित यसरी पक्राउ परे युवायुवती

विराटनगरः सुनसरीको देवानगञ्ज–३ पाँचौ सिमरस्थितबाट लागूऔषध गाँजासहित एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा देवानगञ्ज–३ का ४३ वर्षीय चुनिलाल सरदार रहेका छन् । शुक्रबार दिउँसो १ बजे को२ह ६५३७ नम्बरको अटोलाई नियन्त्रणमा लिई चेकजाँच गर्ने क्रममा अटोमा लुकाइछिपाइ राखिएको १८ केजी गाँजा बरामद गरी चालक सरदार समेतलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
यसैगरी झापाको दमक–५ स्थितमा डेरा गरी बस्दै आएका ३ जना लागूऔषध खैरो हिराइन बाउनसुगर सहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दमक–९ का ३२ वर्षीय रविन कुँवर, इलाम घर भई दमक–५ मा बस्ने १९ वर्षीया मनिषा राई र ताप्लेजुङ घर भई दमक–८ बस्ने २२ वर्षीया सम्झना राई श्रेष्ठ रहेका छन् । विशेष सुराकका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले शुक्रबार राति १० बजे उनीहरुलाई कोठाबाट १७ ग्राम बाउनसुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका पाँचै जना उपर थप अनुसन्धान तथा कानुनी कारबाही भइरहेको छ ।

प्रकाशित मिति: असार २० २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend