संखुवासभाः वातावरणीय प्रभाव मूल्याङ्कनबिना ठेक्का लगाइ डोजर लगाउँदा ६० घर पहिरोको उच्च जोखिममा रहेको जनाएको छ ।
गत असार १७ बाढीले हुङगुङ निवासी गोबा वान्जिन भोटेको घर नै चर्काएको थियो । स्थानीय मिक्मा तेम्बा गोबा वान्जिन घरबाट ज्यान जोगाएर भागेका थिए । उनले उत्तर दक्षिण कोशी सडकले बिना आइइए ठेक्का लगाएर गजुरमुखी निर्माण कम्पनीले गाउँको माथिल्लो भेगमा होमपाइ तथा ग्याबिङ जाली नहाली जथाभावी डोजर लगाएको आरोप लगाए ।
यसरी असुरक्षित तरिकाले जथाभावी डोजर लगाउनले तल्लो भेगमा रहेको ६० घर पहिरोबाट उच्च जोखिम रहेको जनाइएको छ । यश विषयलाई लिएर हुङ्गुङ सडक सरोकार समितिले समेत गत २०७६ साल फागुन १९ गते जिल्ला प्रशासन कार्यालय संखुवासभामा ध्यानाकर्षणपत्र बुझाएको थियो तर पनि सुनुवाइ नभई सडक कार्यालय र ठेकेदारले बेवास्ता गरेको आरोप छ ।
बेवास्ता गरेपछि स्थानियले डोजरको चावी नियन्त्रणमा लिएका छन् । आगामी दिनमा काम शुरु गर्न सर्त गरिए पनि बर्खा लाग्दासम्म शुरु नगरी बेवास्ता तेम्बाले जानकारी दिए । यस विषयलाई लिएर भोटखोला गाउँपालिकामा समेत तत्काल जिउधनको सुरक्षा गर्न भनेर निवेदन दिँदा समेत सुनुवाई नभएको स्थानीयले गुनासो गरेका छन् । कहिँकतै पनि सुनुवाइ नभएपछि हुङ्गुङ सडक सरोकार समितिले आन्दोलनको चेतावनी दिएको छ । जसका लागि नागरिक समाज राजनीतिक दल बुद्धिजीवी सबैलाई हारगुहार गरेको छ ।
