Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मोरङ र झापाको छुट्टाछुट्टै घटनामा चारको मृत्यु

हाम्रो कोशी आवाज
असार २१ २०७७, आइतबार
मोरङ र झापाको छुट्टाछुट्टै घटनामा चारको मृत्यु

विराटनगरः झापा र मोरङका २ स्थानमा खोलाले बगाएर १ बालिका सहित २ जनाको मृत्यु भएको छ । झापाको कमल गाउँपालिका–५ का ३५ वर्षीय पुष्प राईको खोलाले बगाएर मृत्यु भएको हो ।
चाजु खोला र रतुवा खोलाको दोभानमा बाढीले बगाएर ल्याएको दाउरा निकाल्ने क्रममा अचानक खोलाले बगाएर बेपत्ता भएका राईलाई खोजतलास गर्ने क्रममा बगाएको स्थान भन्दा करिव १ किलोमिटर तल सोही खोलाको डिलमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
यसैगरी मोरङको कटहरी गाउँपालिका–७ का प्रधुम्न सरदारको ६ वर्षीया छोरी दिक्षा सरदारको जुडी खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाएर मृत्यु भएको छ । शनिबार दिउँसो ३ बजेको समयमा सो खोलामा पौडी खेल्ने क्रममा अचानक खोलाले बगाएर बेपत्ता भएकी बालिकालाई खोजतलास गर्ने क्रममा राति पौने १ बजे बगाएको स्थान भन्दा करिब ३ किलोमिटर दक्षिण मृत अवस्थामा बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
यस्तै, झापा र मोरङमा शनिबार दिउँसो करेन्ट लागेर २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।
झापाको मेची नगर नगरपालिका–१४ का २७ वर्षीय चक्रबहादुर भुजेलको करेन्ट लागेर मृत्यु भएको छ । घरमा रहेका वायरिङका तारहरु संकलन गर्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएका भुजेललाई उपचारको लागी झापाको बिएण्डसी अस्पताल पठाइएकोमा उपचारको क्रममा भुजेलको मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धुलावारीले जनाएको छ ।
यसैगरी मोरङको रतुवामाई नगरपालिका–९ का ३२ वर्षीय खेम बहादुर भुजेलको करेन्ट लागेर मृत्यु भएको छ । शनिबार अपरान्ह ५ बजेको समयमा घर अगाढी रहेको बिजुलीको पोलमा रहेको वाइफाईको तारलाई बासले मिलाउने क्रममा अचानक करेन्ट लागेर घाईते भएका भुजेललाई उपचारको लागि अरनिको अस्पताल उर्लावारी लैजाने क्रममा अस्पताल पुग्नासाथ निजको मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । सोही घटनामा घाइते भएकी निजकै श्रीमती ३० बर्षीया कला भुजेलको नोवेल अस्पताल बिराटनगरमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: असार २१ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend