Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धनकुटाका युवाले बनाए ‘बाँदरे तोप’, सलह पनि भगाउन मिल्ने

हाम्रो कोशी आवाज
असार २२ २०७७, सोमबार
धनकुटाका युवाले बनाए ‘बाँदरे तोप’, सलह पनि भगाउन मिल्ने

धनकुटाः आफूले लगाएको बालीनाली बाँदरले खाएर सखाप बनाइ धेरै स्थानका किसानहरू बसाई सर्न बाध्य भइरहेको बेला धनकुटाको पाख्रीवास नगरपालिका १ सान्नेका युवाहरूले बाँदर धपाउने यन्त्र ‘बाँदरे तोप’ बनाएका छन् ।
२५ वर्ष उमेर समूहका युवाहरु गोपाल थापा, दीपक अधिकारी, मजनुदिन खान र मनिषा थापाले बाँदर धपाउने यन्त्र बाँदरे तोप बनाउन थालेका हुन् । गएको १ हप्तादेखि यो यन्त्र वनाउन थालेका उनीहरूले अहिलेसम्म २० थान बनाएको बताएका छन् । बनाइएका सबै यन्त्र बिक्री पनि भइसकेको गोपाल थापाले बताए ।
महालक्ष्मी नगरपालिकाका लेखनाथ पौडेलको हौसला र सल्लाह अनुसार आफूहरुले यो यन्त्र बनाउन थालेको उनीहरूले बताएका छन् । पौडेलले यो यन्त्र बनाउन हौसला दिएपछि यसअघि यस्तै यन्त्र बनाइरहेका अन्य स्थानका साथीहरूबाट फोनमार्फत् कुरा गरी सिकेर बनाउन शुरु गरेको थापाको भनाई छ । यो यन्त्र पाइप, लिक्विड, कार्वन लगायतका सामाग्रीबाट बन्ने थापाले बताए । यसले बाँदर, दुम्सी, सलह जस्ता जीवजन्तु धपाउन मिल्ने जनाइएको छ ।

प्रकाशित मिति: असार २२ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend