Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रदेश १ मा भ्रष्टाचार बढ्दै गएको छः सांसद

हाम्रो कोशी आवाज
असार २२ २०७७, सोमबार
प्रदेश १ मा भ्रष्टाचार बढ्दै गएको छः सांसद

विराटनगरः प्रदेश १ मा भ्रष्टाचार बढेको भन्दै सांसदले असन्तुष्टि जनाएका छन् ।
सत्तारुढ नेकपाका प्रदेश सदस्य नै प्रदेश सरकारको आलोचना गरेका हुन् । सोमबार प्रदेशसभा बैठकमा सांसदहरुले प्रदेश सरकारले भ्रष्टाचारविरुद्ध शुन्यसहनशीलताको नीति लिए पनि कार्यान्वयन नगरेको बताएका हुन् ।
नेकपा खोटाङका प्रदेश सदस्य राजन राईले प्रदेश सरकारलाई सिचाई तथा खानेपानी कार्यालय लगायतमा चरम भ्रष्टाचार हुने गरेको आरोप लगाएका हुन् । उनले खोटाङको एक खोलामा निर्माण भइसकेको कुलो सिचाईमा पुनः यस वर्षपनि लाखौं रकम विनियोजन भएको बताए । निर्माण भइसकेको बन्चरे खोलाको डम्मरे कुलोमा प्रदेश सरकारले पुनः ५० लाख रुपैया बजेट विनियोजना गर्नुले भ्रष्टाचारको अवस्था जगजाहेर गरेको उनले प्रष्टयाए ।
खोटाङकै विद्युत प्राधिकरणको कार्यालय, ठेकेदारबाट समेत २ सय प्रतिशत भ्रष्टाचार भएको उनको ठहर छ । लाखौं रकम संघीय सरकार, प्रदेश सरकारबाट उपलब्ध हुदै गर्दा जनश्रम दानमा सडक खन्ने, विद्युतका पोलहरु पुराउने कार्य भइरहेको हुदाँ भ्रष्टाचार मौलाएको उनको भनाइ थियो ।
राईले प्रदेशमा भएको भ्रष्टाचारको विषयमा दसिप्रमाण पनि जुटाउन आफूहरू तयार रहेको पनि बताएका थिए । ‘प्रदेश सरकारका विकास निर्माणलगायतका योजना तथा आयोजनामा व्यापक भ्रष्टाचार भइरहेको छ,’ सांसद राईले भने, ‘तर त्यसलाई रोक्न प्रदेश सरकार उदासिन छ ।’
सत्तारुढ दलका अर्का प्रदेशसभा सदस्य रामकुमार राईले सिँचाइ, सडक, खानेपानी जस्ता विकासे कार्यालयमा बढी भ्रष्टाचार भइरहेको बताए । प्रदेशसभा सदस्य खिनु लङ्वा लिम्बुले पहाडका अधिकांश बिजुलीका पोल काठका भएका र ती मक्किइसकेकाले तत्काल हटाएर स्टिलको पोल जडान गर्न माग गरिन् ।

प्रकाशित मिति: असार २२ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend