Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

घरमा छिरेर मोटरसाइकल चोरेर भागेका युवा समातिए

हाम्रो कोशी आवाज
असार २३ २०७७, मंगलबार
घरमा छिरेर मोटरसाइकल चोरेर भागेका युवा समातिए

विराटनगरः मोरङको पथरी शनिश्चरे नगरपालिका–९ बाट चोरी भएको मोटरसाइकलसहित तीनजना मानिस पक्राउ परेका छन् ।
पथरी शनिश्चरे नगरपालिका–२ का आतेजुङ राईले आफ्नो को३४प ६००४ नम्बरको मोटरसाइकल घरबाट नै हराएको भनी जानकारी गराएसँगै खोजतलासमा खटिएको प्रहरी टोलीले पथरी शनिश्चरे नगरपालिका–१० का २० वर्षीय निमा तामाङ , बेलबारी नगरपालिका–२ का २० वर्षीय पृतिमान भण्डारी र २२ वर्षीय अभिषेक कट्टेललाई चोरी भएको मोटरसाइकलसहित पक्राउ गरेको हो ।
पक्राउपरेका मध्ये निमा तामाङले केही समय अगाडी पथरी बजारका केही पसलहरुबाट जिन्सी सामानहरु समेत चोरी गरेको खुल्न आएको तथा अन्य थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
पक्राउ परेकामध्ये निमा तामाङले गत जेठ ३२ गते पथरीशनिश्चरे –१ स्थित शान्ति मिनि मार्केटमा रहेको सविता बस्नेतको पसलबाट र देश थाम्सुहाङको सटर फुटाएर जुत्ता चप्पल लगायत जिन्सी धनमाल गरी समेत चोरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: असार २३ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend