Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

४५ युवायुवतीलाई सचेतना

हाम्रो कोशी आवाज
असार २३ २०७७, मंगलबार
४५ युवायुवतीलाई सचेतना

धरानः धरानमै पनि व्यापक मानसिक स्वास्थ्य सचेतना आवश्यक रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान  प्रतिष्ठानका डाक्टर मधुर बस्नेतले बताएका छन् ।
लायन्स एण्ड लियो क्लब अफ दन्तकाली धरानको आयोजना र जुनियर जेसिज धरानको सहआयोजनामा भएको ‘मानसिक स्वास्थ्य सचेतना’ कार्यक्रममा उनले सो कुरामा जोड दिएका हुन् ।
उनले मानसिक स्वास्थ्यको क्षेत्रमा सरकारको प्राथमिकता नदेखिएको पनि बताए । उनले स्वास्थ्यका अरु क्षेत्रमा जस्तै मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्न जोड दिए । ‘सरकारले पहिलेको तुलनामा मानसिक स्वास्थ्यमा केही त गरेको छ तर पर्याप्त भने छैन । यसका लागि अब सबै पक्ष मिलेर काम गर्नु जरुरी छ’ उनले भने ।
उनले विशेषगरी १४ देखि २४ वर्ष उमेर समूहका युवाहरूमा मानसिक स्वास्थ्यको विषयमा जानकारी लिन आवश्यक रहेको धारणा राखे । ‘सो उमेर समूहकाहरू पढाइ, जागिर, घरपरिवार, वैदेशिक रोजगारीको यात्रामा लाग्ने गरेका छन् । यो समयमा युवायुवतीले सकारात्मक वातावरण पाउन नसक्दा उनीहरू मानसिक रोगको शिकार बन्न सक्छन् ।’ उनले भने ।
युवायुवतीले सकारात्मक वातावरण पाएनन् भने उनीहरूको मानसिक स्वास्थ्यमा असर पार्ने बताउँदै उनले गलत संगत, पारिवारिक समस्याका कारण उनीहरूमा डिप्रेसन देखिने गरिएको बताए ।
विभिन्न अध्ययनले देखाए अनुसार किशोरकिशोरीको मृत्युको दोस्रो कारण आत्महत्या रहेको पाइएको छ । किशोरकिशोरीलाई मानसिक स्वास्थ्य समस्याबाट बचाउन अभिभावकको महत्वपूर्ण भूमिका रहने डा. बस्नेत बताउँछन् । ‘अभिभावकहरुले छोराछोरीको साइकोलोजी बुझ्न जरुरी हुन्छ’, उनले भने । युवा मनलाई स्वास्थ्य बनाउन सके मात्रै देशको विकास र समृद्धि सम्भव रहने उनको भनाइ छ ।
कार्यक्रममा ४५ जना युवायुवतीले भाग लिएका थिए । उनले युवायुवतीलाई लभ र लभपछि छुट्टिँदाको अवस्था कस्तो रहनेबारे पनि युवायुवतीलाई सहजीकरण गरेका थिए । कार्यक्रमको अध्यक्षता लायन्स क्लब अफ दन्तकालीकी अध्यक्ष लायन रुक्मनी मास्केले गरेकी थिइन् । कार्यक्रमको प्रमुख अतिथि धिरज गुरुङ थिए भने विशेष अतिथि रेडक्रसका सभापति उमेश थापा थिए । कार्यक्रमको सन्चालन क्लबका महासचिव लायन इन्द्रबहादुर कार्कीले गरेका थिए ।

प्रकाशित मिति: असार २३ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend