Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ओखलढुंगामा ट्रक सय मिटर तल खस्दा चालकको मृत्यु

हाम्रो कोशी आवाज
असार २५ २०७७, बिहिबार
ओखलढुंगामा ट्रक सय मिटर तल खस्दा चालकको मृत्यु

ओखलढुंगा: ओखलढुंगामा बिहीबार बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
दुर्घटनामा ट्रकका चालक दोलखाको जिरीका २४ वर्षीय नवराज कार्कीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक मिलनसिंह बस्नेतले जानकारी दिए ।
बिहीबार बिहान साढे चार बजे काठमाडौँबाट सोलुतर्फ जाँदै गरेको बा३ख ९६ नम्बरको ट्रक ओखलढुंगाको सिद्धिचरण नगरपालिका-८ सेतीदेवी मन्दिर नजिकै दुर्घटनामा परेको हो ।
प्रहरीका अनुसार ट्रकले सोलुखोला बेनी हाइड्रोको सामान बोकेको थियो। ट्रक सडकबाट करिब एक सय मिटर तल खसेको छ। रासस

प्रकाशित मिति: असार २५ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend