विराटनगरः मोरङको विराटनगर महानगरपालिका–१६ बाट लागूऔषध सहित एकजना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बिहीबार बिहान ५ बजे विराटनगर महानगरपालिका–७ का २० वर्षीय आनन्द कुमार पासवानलाई १०० एमएल को ३९ बोतल प्रतिबन्धित लागूऔषध डाइलेक्स डिसी सहित पक्राउ गरेको हो । पक्राउ परेका पासवानको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।