विराटनगरः मोरङको मिक्लाजुङ गाउँपालिका–६ कसेनीमा जंगली च्याउ पकाएर खाँदा २ जना बिरामी भएका छन् ।
स्थानीय ५४ वर्षीया तिलमाया चौहान र निजकै छोरा १७ वर्षीय पूर्णबहादुर चौहानले बुधबार बेलुकाको खानासँगै जंगलबाट टिपेर ल्याएको च्याउ पकाएर खाँदा बिरामी भएका हुन् । बिरामी भएका दुवै जनालाई राति सवा १२ बजे उपचारको लागि दमकको आम्दा अस्पताल लगी उपचार भइरहेको इलाका प्रहरी कार्यालय मधुमल्लाले जनाएको छ ।