ताप्लेजुङः ताप्लेजुङका अग्नीपीडितहरूलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय १ नम्बर प्रदेश सरकारबाट ८ लाख ६० हजार आर्थिक राहत ताप्लेजुङको सदरमुकाममा प्रदान गरिएको छ ।
पूर्ण घर क्षति भएको ८ घर परिवारहरुलाई ५० हजारको दरले ४ लाख आंशिक क्षति भएका १६ घर परिवार तथा डेर लिएर बसेका व्यापार–व्यवसाय सञ्चालन गरी बस्नेलाई ३० हजारको दरले ४ लाख ६० हजार प्रदान गरएको छ ।
ताप्लेजुङबाट निर्वाचित प्रदेश सभा प्रतिनिधि सदस्यहरूको पहलमा आर्थिक राहत उपलब्ध गराएको १ नम्बर प्रदेश सभा सदस्य बलबहादुर सम्सोहाङले बताए । अग्नीपीडितहरूलाई प्रदेश सरकारको अनुभूति दिलाउँन आर्थिक राहत उपलब्ध गराउको १ नम्बर प्रदेश सभा सदस्य टंक आङबोहाङले बताए ।
ताप्लेजुङमा पटक–पटक आगलागी हुनुको कारण जनचेतनाको कमीले हुने भएकोले आउने दिनहरुमा विभिन्न विपद्बाट समयमै सचेत रहन १ नम्बर प्रदेश सभा सदस्य होमकुमारी साँवाले आग्रह गरिन् ।
गत बैशाख २० गते शुक्रबार ताप्लेजुङको सदरमुकाम फुङलिङ पुरानो बैंक लाइनमा आगलागी भएको थियो । आगलागीबाट ३२ परिवार विस्थावित भएको थियो । ७ करोड ६५ लाख ७२ हजार ७ सय रुपैयाँ बराबरको आर्थिक क्षति भएको थियो ।

