सुनसरीः अविरल वर्षाले आएको बाढीले पानीको सतह बढेको सप्तकोशी नदी भेलले पश्चिमी तटबन्ध भत्काउने जोखिम बढ्दो छ ।
अहिले भेल सुनसरी र सप्तरी आइपुग्दा पश्चिमी तटबन्धतर्फ सोझिएको छ । अहिले कोशीको भेल पश्चिमी तटबन्धतर्फ सोझिएको र स्थानीयमा त्रास छाएको कोशीपीडित समाज सप्तरीका अध्यक्ष देवनारायण यादवले जानकारी दिए । उनले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१४ डलुवामा नदीको भेलले पश्चिमी तटबन्ध भत्काउने जोखिम बढेको बताए ।
डलुवामा तटबन्ध भत्किए हनुमाननगर कंकालिनी नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिका र राजविराज नगरपालिकाका झन्डै २५ हजार परिवारको उठिबास हुने जोखिम बढेको उनले बताए ।