Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा २ करोडको लगानीमा रिसोर्ट

हाम्रो कोशी आवाज
असार २९ २०७७, सोमबार
धरानमा २ करोडको लगानीमा रिसोर्ट

धरानः कोभिड–१९ का कारण सरकारले चैत ११ देखि मुलुकमा लकडाउन गरेपछि यसले सबैजसो क्षेत्रमा धेरथोर असर गरेको छ । कोरोना भाइरसका कारण निर्माण भइसकेर दुई महिनासम्म मात्रै चल्न पाएको दुई करोड बढी लगानी जोखिममा परेको छ ।
पछिल्लो समयमा युवा स्वरोजगार हुन नसकेपछि वैदेशिक रोजगारीलाई प्राथमिकता दिइरहेका बेला धरानमा यस्तो रिसोर्ट सञ्चालनमा आएको हो । ‘भिन्टेज फेमिली रिसोर्ट’ नाम दिएर सो रिसोर्ट सञ्चालनमा आएको हो । करिब पाँच महिनाअघि सो रिसोर्ट सञ्चालनमा आएको हो ।
धरान–५ बगरकोट पुलपारी दुई करोड बढी रूपैयाँ लगानी गर्दै रिसोर्ट सञ्चालनमा ल्याइएको हो । ‘ठयाक्कै दुई महिना दुई दिनअघि रिसोर्ट सञ्चालनमा आयो, धरानलगायत अन्य ठाउँका ग्राहक आउन थालिसकेका थिए तर अधिकांशले यहाँको स्वाद चाख्न नपाई चैत ११ गतेदेखि रिसोर्ट बन्द गरेर घरमै थन्किनुपरयो ।’ सञ्चालक एसडब्लु लामिछानेले भने ।
बगरकोट आइपुग्ने जोकोहीलाई पारिवारिक वातावरणमा सेवा प्रदान गर्ने उद्देश्यले रिसोर्ट सञ्चालनमा ल्याइएको सञ्चालकको भनाइ छ । रिसोर्ट सञ्चालन शुरू भएदेखि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण देखिएको रिसोर्ट हेर्दै आएका सुमन राजधामी बताउँछन् । उनले भने, ‘यहाँको सेवा–सुविधा तथा सौन्दर्यले नै पर्यटकहरूलाई आकर्षित गरिरहेको छ ।’ उनी प्राकृतिक तथा हरियाली वातावरणमा रिसोर्ट बनेकाले पनि धेरै पर्यटक आउने विश्वास व्यक्त गर्छन् ।
उनले कोरोनाकै कारण नेपाल भ्रमण वर्ष २०२० स्थगित मात्रै भएन, सम्पूर्ण पर्यटन क्षेत्र नै आगामी एक–डेढ वर्ष ठप्प हुँदा लगानी पनि जोखिममा परेको बताए । ‘कोरोना भाइरसका कारण मुलुकमा दर्जनौं होटल, रिसोर्ट जोखिममै छन्, अर्बौं, खर्बौंसम्म लगानी डुबेकै छ, हामीले पनि दुई करोड बढी लगानी गरेका छौं तरपनि केही सहज भएपछि लगानी डुब्न दिने छैनौं’, सञ्चालक लामिछाने भन्छन् । फोटोः हाम्रो कोशी आवाज 

प्रकाशित मिति: असार २९ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend