धनकुटाः धनकुटाको चौबिसे–२ स्थितमा बस्ने ३२ वर्षीया सरस्वती मगरको पोखरीमा डुबेर मृत्यु भएको छ ।
सोमबार बिहान ९ बजे चौबिसे–२ स्थित रहेको सिचाईको लागि तयारी गरिएको ३ फिट गहिरो पोखरीमा डुबेर सरस्वतीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्थानीयले प्रहरी चौकी मुढेबासमा जानकारी गराएपछि प्रहरी त्यहाँ पुगेको थियो । हिँडिरहेको अवस्थामा एक्कासी चिप्लिएर पोखरी पर्दा उनको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।