Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

केराबारीमा पहिरोले बगाएर महिलाको मृत्यु, रतुवामाइले बगाएर बेपत्ता

हाम्रो कोशी आवाज
असार ३० २०७७, मंगलबार
केराबारीमा पहिरोले बगाएर महिलाको मृत्यु, रतुवामाइले बगाएर बेपत्ता

विराटनगरः मोरङको केराबारी गाउँपालिका–२ सिंहदेवी चिसाङखोला बस्ने ५८ वर्षीय धनकुमारी आङवोको पहिरोले बगाएर मृत्यु भएको छ ।
अविरल बर्षासंगै आएको पहिरोले आङवोको घर र गोठ समेत बगाउँदा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त भएसँगै इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले आङवोलाई मृत अवस्थामा फेला पारेको थियो । मृतकको कानूनी प्रकृया पुरा गरी शव सदगतको लागी आफन्तलाई जिम्मा बुझाएको छ भने अन्य थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।
मोरङको रतुवामाई नगरपालिका–३ चौकीघाटबाट रतुवा खोला तर्ने क्रममा रतुवामाई नगरपालिका–७ का २४ बर्षीय अरुण ऋषिदेव खोलाले बगाएर बेपत्ता भएका छन् । सोमबार दिउँसो सवा ३ बजेको समयमा खोला तर्ने क्रममा अचानक बगाएको भन्ने खबर प्राप्त भएसँगै इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको समेत सहयोगमा खोजतलास भइरहेको तथा हाल सम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रकाशित मिति: असार ३० २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend