विराटनगरः मोरङको विराटनगर महानगरपालिका–१५ को रामजानकी चोकमा रहेका २ वटा चिया पसलबाट लागूऔषध बरामद भएको छ ।
सो चोकमा रहेको मनोकामना झा र सहेदा खातुनको चिया पसलबाट लागऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मंगलबार सवा १२ बजे जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले मनोकामना झाको चिया पसलबाट लागूऔषध डाइलेक्स डिसी १ बोतल, कोडिन २ बोतल र निटरभेट ३० चक्की तथा सहेदा खातुनको चिया पसलबाट डाइलेक्स डिसी ५ बोतल र विभिन्न किसिमको लागूऔषधका खाली बोतलहरू १२ वटा बरामद गरेको हो ।
लागूऔषध बरामद भएसँगै दुवै चिया पसलका सञ्चालक र विराटनगर–१७ का ३४ वर्षीय प्रदिप राईलाई समेत पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । फोटोः सांकेतिक