सुनसरीः सुनसरीको बराहक्षेत्र नगरपालिका–५ पोखरिया बस्ने ६५ वर्षीया विष्णुमाया दाहाल खोलामा डुवेको अवस्थामा मृत फेला परेकी छन् ।
मंगलबार बिहान मनिङवाकमा निस्किएकी दाहाल पौने ७ बजे स्थानीय हैटा खोलाको पानीमा डुवेको अवस्थामा मृत फेला परेको भनी जानकारी पाएसँगै इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी टोली खटी गई मृतकको कानूनी प्रक्रिया पूरा गरी शव परीक्षणको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको तथा अन्य थप अनुसन्धान भइरहेको सो कार्यालयले जनाएको छ ।