बिर्तामोडः झापाको कमल गाउँपालिका–२ मिलनचोकमा भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मंगलबार मिलनचोकस्थित भित्री सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे१त ६१९५ नम्बरको ट्याक्टरले सोही दिशातर्फ जाँदै गरेको प्रदेश १–०२–०४०प८२३६ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो ।
ट्याक्टरले ठक्कर दिँदा घाइते भएका मोटरसाइकल चालक मोरङको पथरी शनिश्चरे नगरपालिका–३ का ४१ वर्षीय केदारनाथ दाहाललाई उपचारको लागि लाइफलाइन अस्पताल पठाइएकोमा बाटोमा नै मृत्यु भएको तथा दुवै सवारी साधन र ट्याक्टर चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।