Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानबाट गाडी चल्न थाले

हाम्रो कोशी आवाज
असार ३० २०७७, मंगलबार
धरानबाट गाडी चल्न थाले

धरानः धरानमा फाट्टफुट्ट गाडी (सार्वजनिक बस) चल्न थालेका छन् ।
राष्ट्रिय यातायात व्यवसायी महासंघले सरकारले तोकेको मापदण्डअनुसार यातायात सञ्चालन गर्न नसकिने निर्णय गरे पनि एउटा कम्पनीले भने सेवा दिन थालेको छ ।
प्रदेश नं. १ खाम्दाके यातायात प्रालिले बस सञ्चालनमा ल्याएको हो । सरकारले निर्णय गरेको दुई दिनपछि निरन्तररूपमा गाडी सञ्चालनमा ल्याइएको को१ख ४६२४ नम्बर गाडीका चालक चक्रबहादुर जिमीले जानकारी दिए । उनका अनुसार हाल चारवटा गाडी चलाइरहेको उनले बताए ।
सरकारले तोकेअनुसारको भाडा लिएर अहिले गाडी चलाइरहेको उनले बताए । ‘महासंघले के माग गरेको हो त्यो हामीलाई थाहा छैन, महासंघले गाडी बन्द गर पनि भनेर भन्दै आएको तर भोकै मर्ने भएपछि नचलाएर के गर्नु भनेर चलाएका हौं ।’ उनले भने । उनले सुरक्षित तरिकाले गाडी सञ्चालन गरिरहेको उनले बताए ।
अहिले तेल हालेर गाडी चलाउँदा फाइदा नहुने तर यात्रुको लागि सहज हुने साथै मजदुरको पेट पनि पालिने हुनाले गाडी चलाउन थालिएको उनले बताए । कम्पनीको १७ वटा गाडीमध्ये चारवटा गाडी चलाउन थालिएको उनले बताए ।
विषम परिस्थितिमा जनताको सेवाबाट पछि हट्न नसुहाउने भएकाले सरकारी मापदण्डअनुसारै सेवा शुरु गरेको अर्का चालक महेश्वर कोइराला बताउँछन् ।
गाडीले हाल इटहरी, दुहवीसम्म सेवा दिन थालेको गाडीकै कन्डक्टर सुधिर श्रेष्ठ बताउँछन् । बस चढ्दा जोखिम बढ्न सक्ने भएकाले यात्रुलाई अनिवार्य मास्क, पन्जा र स्यानिटाइजरको प्रयोग गर्न उनीहरूले आग्रह गर्छन् । यात्रुलाई मास्क लगाउन अनिवार्य गरिएको छ । ढोकामा स्यानिटाइजर पनि राखिएको छ । चालक र सहचालकले पञ्जा पनि लगाएको उनले बताए । ‘अर्को कुरा बसमा जति भेटियो, सबै यात्रु लगाउँदैनौं, दुरी पनि कायम गरेका छौं ।’ उनले भने ।
सरकारले सार्वजनिक गाडी चलाउने निर्णय गरेपनि अधिकांश बस अझै ग्यारेजमै थन्किएका छन् । लकडाउनका कारण चैत ११ देखि बन्द यातायात क्षेत्र सरकारले ५० प्रतिशत यात्रु राखेर सुरक्षा मापदण्ड अपनाएर ५० प्रतिशतै बढी भाडा लिनसक्ने गरी खुला गरेको थियो । तर महासंघले भने सञ्चालन खर्च नै नउठ्ने भन्दै सेवा शुरु गर्न मानेको छैन । तथापी केही संस्थाले भने सेवा सञ्चालन गरेका छन् । सीमित संख्यामा टेम्पो, माइक्रोबस, मिनीबस चलेपनि अहिले यात्रुले चर्को भाडा तिर्नुपरिरहेको अवस्था छ ।

 

प्रकाशित मिति: असार ३० २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend