विराटनगरः प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सैन्य विभाग प्रमुखलाई पक्राउ गरेको छ।
प्रहरीले मंगलबार मोरङको उर्लाबारी नगरपालिका–३ बाट विप्लव नेकपाको पूर्वी कमाण्ड सैन्य विभाग प्रमुख ४० वर्षीय नन्दकिशोर भनिने नन्दबहादुर बोहरा पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मानबहादुर राईले बोहरालाई पक्राउ गरेको पुष्टि गर्दै अहिले जिप्रका ल्याउँदै गरेको जानकारी दिए। बोहरालाई विशेष सूचनाका आधारमा आफ्नै निवासबाट पक्राउ गरेको उनले बताए।