Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोरोना कहरः धरानमा ३९ सालदेखि लाग्दै आएको ‘साउने बोलबम मेला’ प्रभावित

हाम्रो कोशी आवाज
असार ३१ २०७७, बुधबार
कोरोना कहरः धरानमा ३९ सालदेखि लाग्दै आएको ‘साउने बोलबम मेला’ प्रभावित

धरानः धरानमा २०३९ सालदेखि नियमित लाग्दै आएको ‘साउने बोलबम’ मेला यस वर्ष प्रभावित भएको छ । कोभिड–१९ को सङ्क्रमणलाई मध्यनजर गर्दै यस वर्ष धरानमा लाग्ने बोलबम मेला प्रभावित हुने भएको हो ।
पिण्डेश्वर बाबाधाम समितिले यस वर्ष मेला नलाग्ने जनाएको हो । प्रत्येक साउनको सोमबार भीडभाडका साथ चल्ने मेला कोरोना सङ्क्रमणको जोखिम फैलिने जोखिम उच्च भएकाले मेला नलाग्ने समितिले जनाएको छ ।
समितिका अध्यक्ष विकास वनेपालीले यसपटक लकडाउनका कारण साउन ९ गतेसम्म मठ–मन्दिर बन्द नै रहेको र ९ गतेपछि लकडाउन खोलिए वा सहज भए खोल्न सकिने बताए । ‘सबैभन्दा ठूलो कुरा जीवन बचाउनु हो’, उनले भने, ‘तर सरकारले केही निर्णय गरे हेरेर निर्णय लिन्छौं ।’ सरकारले चैत ११ गतेदेखि लकडाउन घोषणा गरेपछि धरानकै कुरा गर्ने हो भनेपनि पिण्डेश्वर, बुढासुब्बा, दन्तकालीलगायत प्रमुख मठ–मन्दिरहरू पनि बन्द नै छन् ।
पिडेश्वरको शिवलिङ्गमा गेरु वस्त्रधारी तीर्थयात्रीले खाली खुट्टा हिँडेर सप्तकोशी नदीबाट जल ल्याएर चढाउने प्रचलन छ । पिण्डेश्वर बाबाधाममा प्रत्येक साउने सोमबारको दिन गेरु बस्त्रधारी तीर्थयात्री शिवलिङ्गमा जल चढाउनुका साथै पिण्डेश्वर बाबाको दर्शन गर्न आउने गर्दछन् ।
विवाहित महिलाले पतिको दीर्घजीवनको कामना गर्दै र अविवाहिता युवतीले राम्रो पति पाऊँ भन्दै शिवलिङ्गमा जल चढाउने गर्दछन् । सप्तकोसी नदीबाट जल ल्याई पिण्डेश्वर बाबा धाममा रहेको शिवलिङ्गमा जल चढाए मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ ।
फोटो फाइलः हाम्रो कोशी आवाज डटकम

प्रकाशित मिति: असार ३१ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend