Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोरोनाले नेपालमा १७ प्रतिशत मात्रै व्यवसाय सञ्चालन

हाम्रो कोशी आवाज
असार ३१ २०७७, बुधबार
कोरोनाले नेपालमा १७ प्रतिशत मात्रै व्यवसाय सञ्चालन

धरानः कोभिड–१९ का कारण नेपालमा ८१ प्रतिशत व्यवसाय बन्द भएको छ । नेपालमा चैत ११ पछि असार २ गतेसम्म गरेको एक अध्ययनले ८१ प्रतिशत व्यवसाय बन्द भएको जनाएको हो ।
नेपाल उद्योग परिसंघ (सीएनआई) र अन्तर्राष्ट्रिय श्रम संगठनले गरेको अध्ययनमा १७ प्रतिशतमात्रै व्यवसाय सञ्चालनमा रहेको उल्लेख गरिएको छ ।
सरकारले असारदेखि लकडाउनलाई केही खुकुलो बनाएपछि व्यवसाय खोल्न थालिएको छ । सीएनआईले देशभरका एक सय भन्दा बढी व्यवसायीसँग सर्वेक्षण गरेको थियो । १७ प्रतिशत व्यवसायीले आफ्नो व्यवसाय बन्द नभएको बताएका छन् भने २ प्रतिशतले कुनै प्रतिक्रिया नदिएको अध्ययनमा देखिएको छ ।
सरकारले पूर्ण लकडाउन गरेका बेला अत्यावश्यक बाहेक कुनै व्यापार व्यवसाय सञ्चालन गर्न थिएनन् । सर्वेक्षण गरिएको व्यवसायमध्ये ३२ प्रतिशत प्रतिष्ठानले ११ देखि ५० जनालाई रोजगारी दिएका थिए ।
२८ प्रतिशत प्रतिष्ठानले ५१ देखि २ सय ५० जनालाई रोजगारी दिएका थिए । २२ प्रतिशत प्रतिष्ठानले २ सय ५० भन्दा बढीलाई रोजगारी दिएका थिए । १८ प्रतिशत प्रतिष्ठानले १० जनालाई रोजगारी दिएको अध्ययनमा देखिएको छ । सीएनआईले सेवामूलक उद्योग, ट्रान्सपोर्ट, टेक्स्टाइल, गार्मेन्ट, लेदर फुटवेयर, स्वास्थ्य, हस्तकला, खाद्य, पिय पदार्थ, टोबाको उद्योगलाई अध्ययनमा सहभागी गराइएको छ ।

प्रकाशित मिति: असार ३१ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend