Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

खोलामा डुबेर बालकको मृत्यु, खोलाले बगाएर वृद्धको मृत्यु

हाम्रो कोशी आवाज
साउन १ २०७७, बिहिबार
खोलामा डुबेर बालकको मृत्यु, खोलाले बगाएर वृद्धको मृत्यु

बिर्तामोडः झापाको अर्जुनधारा नगरपालिका–११ बस्ने प्रविन मुर्मुको ३ वर्षीय छोरा ऋषि मुर्मुको पानीमा डुबेर मृत्यु भएको छ ।
घर नजिकै रहेको हिले खोलामा डुबिरहेको अवस्थामा आफन्तले फेला पारी तत्काल उद्दार गरी उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा अस्पताल पुरयाउनासाथ मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको सा ेकार्यालयले जनाएको छ ।
यस्तै, झापाको अर्जुनधारा नगरपालिका–२ का ६० वर्षीय पर्शुराम भन्ने फत्तेबहादुर बस्नेतको खोलाले बगाएर मृत्यु भएको छ ।
बजारबाट किनमेल गरी घर फर्केका बस्नेत बाटोमा रहेको टाङटिङ खोला तर्ने क्रममा अचानक खोलाले बगाएको र खोजतलास गर्ने क्रममा बगाएको स्थान भन्दा करिव ६०० मिटर तल मृत फेला पारेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको सो कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: साउन १ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend