धरानः लिम्बु समुदायले सिसेक्वा तङनाम चाड मनाएका छन् ।
फलफूलहरु डोरीमा उनेर ढोकामाथि र घर वरिपरी झुण्डयाइ किरातीहरूले आफनो इष्ट देवलाई पूजा गरी सिसेक्वा तङनाम मनाएका हुन् ।
साउने संक्रान्तिको दिनदेखि सहकाल आएको र अनिकाल गएको मान्यता किराँत लिम्बू समुदायमा छ । हिन्दु धर्मालम्बीहरुको महाव पर्व दशैं–तिहारजस्तै किराँती समुदायको सिकेक्वा तङनाम चाड मनाउने गरिन्छ । सिसेक्वा तङनाम पर्व पूर्वी नेपाल तेह्रथुम, पाँचथर, ताप्लेजुङ, धनकुटा, इलाम, झापालगायतका जिल्लामा मनाइन्छ ।
