Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा गोली हानाहान, पेस्तोल र गोली बरामद

हाम्रो कोशी आवाज
साउन २ २०७७, शुक्रबार
सुनसरीमा गोली हानाहान, पेस्तोल र गोली बरामद

सुनसरीः सुनसरीको देवानगन्जमा प्रहरी र भारतीय समूहबीच गोली हानाहान भएको छ ।
सुनसरी प्रहरी प्रमुख कमल थापाले भारतीय मुलका २ जनालाई गोली हानी नियन्त्रणमा लिएको जानकारी दिए ।  घुँडामा गोली लागेका उनीहरुको उपचार भइरहेको छ । उनीहरू तस्कर रहेको प्रहरीले जनाएको छ । घाइते हुनेमा देवानगन्ज–२ का राजेश यादव र ३ का पिन्टु यादव रहेको सुनसरीका प्रहरी उपरीक्षक समेत रहेका थापाले बताए ।
घाइते भएका दुवै जनाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहको प्रहरीले जनाएको छ ।
भारतीय क्षेत्रबाट बिआर ३८ भि ३५२८ नम्बरको मोटरसाइकल र वनटेष्ट होण्डा साइन १२५ सिसिको मोटरसाइकलमा भारतीय क्षेत्रबाट आएका तस्करलाई गोप्य सूचनाको अधारमा जेकजाँच गर्ने क्रममा गोली हानाहान भएको सुनसरीका प्रहरी उपरीक्षक थापाले बताए ।
हतियार बोकेको समूह रहेको सूचना पाएपछि प्रहरी उनीहरुलाई नियन्त्रणमा लिन देवानगन्ज–३ पुगेको थियो । प्रहरी पुग्नासाथ भारतीयको समूह फायरिङ गर्दै दशगजातर्फ जान खोजेपछि नियन्त्रणमा लिन फायरिङ गरेको प्रहरीले जनाएको छ । दुवैतर्फबाट १०–१२ राउन्ड फायरिङ भएको थियो । प्रहरीले घटनास्थलबाट एउटा पेस्तोल, ६ राउन्ड गोली र २ वटा म्यागजिन बरामद गरेको छ । घाइते भएका र फरार भएका तस्करी, लागुऔषधको कारोवार, हतियारको तस्करी, चोरीलगायत कार्य गर्दै आएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: साउन २ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend