सुनसरीः सुनसरीको देवानगंज–२ मुसरी टोल बस्ने २० वर्षीय महबुज अन्सारीको करेन्ट लागेर मृत्यु भएको छ ।
अन्सारीले बिजुलीको ट्रान्स मिटरको पोलमा नेटको तार जोड्ने क्रममा एक्कासी करेन्ट लाग्दा उनी वेहोस भएका थिए । बेहोस भएका अन्सारीको गोल्डेन अस्पताल विराटनगरमा उपचारको क्रममा बिहीबार साँझ ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।