Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

केराबारीमा बालक मृत फेला

हाम्रो कोशी आवाज
साउन २ २०७७, शुक्रबार
केराबारीमा बालक मृत फेला

विराटनगरः पाँचथरको मिक्लाजुङ–२ घर भई मोरङको केराबारी गाउँपालिका–७ मा रहेको मावली घर आएका हर्कबहादुर लिम्बूको ३ बर्षीय छोरा बियन लिम्बू घर नजिकै रहेको पानीको कुलोमा मृत फेला परेका छन् ।
बिहीबार राति साढे ९ बजे बालक कुलोमा मृत अवस्थामा रहेको भन्ने जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय केराबारीबाट प्रहरी टोली खटि गई कानुनी प्रकृया पूरा गरी शव परिक्षणको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ भने अन्य थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

प्रकाशित मिति: साउन २ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend