Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा पनि ल्यायो एनआइसी एशिया बैंकले घर, सवारी र व्यवसाय कर्जाको योजना

हाम्रो कोशी आवाज
साउन २ २०७७, शुक्रबार
धरानमा पनि ल्यायो एनआइसी एशिया बैंकले घर, सवारी र व्यवसाय कर्जाको योजना

धरानः धरानमा शाखा रहेको एनआइसी एशिया बैंकले सुपर चमत्कारिक घर कर्जा, सुपर चमत्कारिक सवारी कर्जा र सुपर चमत्कारिक व्यवसाय कर्जा योजना सार्वजनिक गरेको छ ।
धरानले ढिलै गरी भएपनि यो योजना सार्वजनिक भएको हो । यसअघि असारमै मुख्य कार्यालयमा यो योजना आइसकेको छ । यस योजनाअन्तर्गत बैंकले ८.२५ प्रतिशत ब्याजदर तथा ०.२५ प्रतिशत प्रशासनिक शुल्कमा उक्त कर्जाहरू उपलब्ध गराउनेछ र ब्याजदर एक वर्षसम्मका लागि परिवर्तन नहुने व्यवस्था गरेको छ ।
सुपर चमत्कारिक घर कर्जाअन्तर्गत घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण, घर निर्माण गर्नका लागि जग्गा खरिद आदि वित्तीय सेवा सुविधा लिन चाहनुहुने ग्राहक महानुभावहरुले यस योजनाको लाभ लिन सक्नेछन् । न्यूनतम ५ वर्ष देखि अधिकतम ३० वर्ष कर्जाको समयावधि कायम गरिएको छ भने अधिकतम रू.१ करोड ५० लाखसम्म कर्जा सीमा कायम गरिएको छ । जस अन्तर्गत अधिकतम रू.५० लाखसम्मको ओभरड्राफ्ट सुविधा समेत लिन सकिने व्यवस्था गरिएको छ ।
घर कर्जा
घर कर्जाअन्तर्गत घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण, घर निर्माण गर्नका लागि जग्गा खरिदलगायतका लागि वित्तीय सेवासुविधा लिन चाहने ग्राहकले यो योजनाको लाभ लिन सक्ने बैंकले जनाएको छ । न्यूनतम ५ वर्षदेखि अधिकतम ३० वर्षसम्म अविधिको कर्जा प्रदान गरिने बैंकले जनाएको छ ।
यसमा ५ वर्षसम्मका ऋणीले कर्जाको ब्याज मात्र भुक्तानी गर्न सक्ने सुविधा पनि रहेको छ । यस योजनामा अधिकतम १ करोड ५० लाख रुपैयाँसम्म कर्जा सीमा रहेको र जसमा ५० लाखसम्मको ओभर ड्राफ्ट सुविधा रहेको जनाइएको छ ।
सवारी कर्जा
सवारी कर्जाअन्तर्गत रातो प्लेटका निजी तथा व्यवसायका लागि सवारी र विद्युतीय सवारीका लागि प्रदान गरिने जनाइएको छ । अन्य बैंकमार्फत सवारी कर्जा उपभोग गरिरहेका ग्राहकले पनि यो योजनामा कर्जा स्वाप गर्न सक्ने बैंकले जनाएको छ । यस योजनामा अधिकतम २ करोड रुपैयाँ प्रदान गर्ने जनाइएको छ ।
व्यवसाय कर्जा
यो योजनामा देशको अर्थतन्त्रलाई बलियो टेवा दिइरहेको साना तथा मझौला उद्योग–व्यवसायलाई सघाउ पुग्ने बैंकले जनाएको छ । कोभिड(१९ ले प्रभावित हुँदै गइरहेको अवस्थामा बैंकले साना तथा मझौला उद्योग–व्यवसायलाई प्रोत्साहन गर्न यो योजना ल्याएको जनाएको छ । यसलाई आवधिक कर्जा तथा ओभर ड्राफ्ट मिश्रित रूपमा उपभोग गर्न मिल्ने जनाइएको छ । यस्तो कर्जा सीमा अधिकतम १ करोड रुपैयाँसम्म तोकिएको बैंकले जनाएको छ ।

 

प्रकाशित मिति: साउन २ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend