Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा फेरि गोली चल्यो, एक गम्भीर घाइते, धरानमा उपचार हुँदै

हाम्रो कोशी आवाज
साउन ३ २०७७, शनिबार
सुनसरीमा फेरि गोली चल्यो, एक गम्भीर घाइते, धरानमा उपचार हुँदै

सुनसरीः सुनसरीको सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एकजना गम्भीर घाइते भएका छन् ।
सुनसरीको हरिनगर–७ का २० वर्षीय सहजब जट गम्भीर घाइते भएका हुन् । पेटमा गोली लागेर घाइतेको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको सशस्त्र प्रहरी ४ नम्बर गण सुनसरी उपरीक्षक कृष्ण ढकालले जानकारी दिए ।
शुक्रबार राति १० बजे घटना भएको हो । सीमामा खटिएको सशस्त्र प्रहरीमाथि भारतबाट आएको समुहले ढुंगामुढा गरेपछि गोली चलाइएको प्रहरीले जनाएको छ ।
प्रहरी जवान जीवराम बिशंखेमाथि तस्करको समुहले बाँस र ढुंगा प्रहार गरेपछि प्रहरीले एक राउण्ड फायर प्रहरीले जनाएको छ ।
यसैबीच बिहीबार राति सुनसरीको देवानगञ्जमा नेपाल प्रहरी र अपराधिक समूहबीच गोली हानाहान भएको थियो ।

प्रकाशित मिति: साउन ३ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend