Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको चिल्डेडाँडामा भ्यूटावर

हाम्रो कोशी आवाज
साउन ३ २०७७, शनिबार
धरानको चिल्डेडाँडामा भ्यूटावर

धरानः धरान–२० चिन्डेडाँडा नजिक भ्यू टावर बनिसकेको छ ।
चिल्डेडाँडादेखि एक किलोमिटर माथि डाँडामा यस्तो भ्यू टावर बनिसकेको हो । चिल्डेडाँडा पर्यटन तथा पूर्वाधार विकास केन्द्र नेपालका अध्यक्ष तथा चिन्डेडाँडा पर्यटन निर्माण समितिका अध्यक्ष सम्फर तामाङका अनुसार यो तीनतले भवनको बनिसकेको हो ।
नेकपाका नेता अइन्दविक्रम बेघाको पहलमा प्रदेश नं. १ को संघीय तथा आर्थिक मामिला मन्त्रालयबाट अर्थमन्त्री इन्द्र आङ्बोले ३० लाख रूपैयाँ अन्य रकम पनि प्रदेश सरकारले नै छुट्याइदिएपछि यो भ्यू टावर बनेको हो । उनले उपभोक्ता समितिबाट ५ लाख ८९ हजार ८ सय ९ रुपैयाँ लगानी भएको तामाङ बताउँछन् ।
तामाङका अनुसार यसले धरानको पर्यटन क्षेत्रको विकास गर्न सहयोग पुग्ने बताए । ‘निर्माण भइसकेको छ’ उनले भने, ‘चिन्डेडाँडाले जुन हिसाबले गति लिइरहेको छ, त्यही हिसाबमा यसले पनि आन्तरिक र बाह्य पर्यटक तान्न थालिसकेको छ ।’
धरानलगायत सप्तकोशी साथै अन्य दृश्यावलोकनका लागि पनि चिन्डेडाँडा उपयुक्त गन्तव्यस्थल हो । यसको निर्माणले यहाँका जनतामा जीविकोपार्जनको माध्यम साथै स्थानीय आयस्रोतमा पनि वृद्धि हुने पनि उनी बताउँछन् । उनले चिन्डेडाँडालाई गुरुयोजना बनाएर अघि बढेको पनि बताए ।
चिन्डेडाँडा र सो क्षेत्रमा हाइकिङको मज्जा लिने बढे
धरानमा पनि अहिले हाइकिङको मज्जा लिने र हाइकिङ संस्कृतिको विकास भइसकेको छ ।
सो क्षेत्रमा अहिले हाइकिङको मज्जा लिँदै पुग्ने बढेको स्थानीयले बताएका छन् । अहिले दिनहुँजसो स्वच्छ सफा, शान्त वातावरणका बीच पैदल यात्रा गर्दै रमाउँदै त्यहाँ पुग्ने धराने बढेका छन् ।
‘उकाली–ओराली, डाँडा–पाखा अनि गाउँले परिवेशसँग रमाउँदै, पसिनाले निथु्रक्कै भिजेको शरीरमा हिँड्नुको मज्जै बेग्लै ।’ चारपटक हाइकिङमा रमाउँदै त्यहाँ पुगेकी विनिशा राई भन्छिन्, ‘धरानमा हाइकिङ संस्कृति मौलाउँदै गएको छ ।’ व्यस्त रहने कर्मचारी, खाली अवस्थामा रहेका धरानेदेखि बाह्य पर्यटक पनि समूह मिलाएर त्यहाँ पुग्ने गरेका छन् । भनौं धरानदेखि उकालो अर्थात् पहाडी भेगमा हाइकिङ बढी लोकप्रिय छ । ‘स्वस्थ रहन दैनिक एकघन्टा हिँड्नु वा पसिना निकाल्नुपर्छ भन्ने अवधारणाअनुरूप हाइकिङको क्रेज बढ्दै गएको छ’, धरानमा हाइकिङको अभियान नै चलाउँदै आएका राजीव हलवाई भन्छन्, ‘हुन पनि हो यसले रोग भगाउन नै सहयोग गर्छ ।’
धरान आसपास हाइकिङका लागि रमाइला डाँडाहरू छन् । महाभारत डाँडा, साँघुरी, चिन्डेडाँडा, भालुढुङ्गा, माछामारा आदि हाइकिङका रूट हुन् । देवीमार्गबाट शुरू भएर चिन्डेडाँडा, भालुढुङ्गा, विष्णुपादुका मन्दिर, भन्ज्याङ, माछामारास्थित निर्माणाधीन गोर्खा स्मृति पार्क हुँदै मङ्गलबारे पुगेर यो यात्रा टुंगिन्छ । निर्माण कार्य धमाधम चलिरहँदाताकाका केही फोटो । फोटो फाइलः हाम्रो कोशी आवाज

निर्माण चलिरहँदा लिइएको अन्तर्वार्ता:

प्रकाशित मिति: साउन ३ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend