सुनसरीः इलाका प्रहरी कार्यालय इटहरीले विभिन्न ब्राण्डका २० थान मोवाइल सेट फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ ।
आफ्ना मोवाइल विभिन्न स्थानहरुबाट हराएको तथा चोरी भएको भन्ने बिभिन्न ब्यक्तिहरुले दिएको निवेदनको आधारमा खोजतलास गर्ने क्रममा यसै महिनामा मात्र करिव ५ लाख ८४ हजार दुई सय चालिस मूल्य बराबरका २० थान मोबाइल सेट फेला पारी आइतबार सम्बन्धित धनीहरुलाई बुझाएको हो ।
इलाका प्रहरी कार्यालय इटहरीमा सिडिआर शाखा स्थापना भएदेखि हालसम्म विभिन्न ब्राण्डका अन्दाजी ७२ लाख १८ अठार हजार आठ सय साठी रुपैयाँ बराबरको २९६ थान मोबाइल फेला पारी सम्बन्धित धनीलाई बुझाइसकिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।