Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मितेरी बैंकको बोनस शेयर धनीहरूको खातामा

हाम्रो कोशी आवाज
साउन ४ २०७७, आइतबार
मितेरी बैंकको बोनस शेयर धनीहरूको खातामा

धरानः धरानस्थित मितेरी डेभलपमेण्ट बैंकको बोनस शेयर सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बोनस शेयर सूचीकृत भएको हो । मितेरीको १८ दशमलव ५३ प्रतिशत बोनस शेयर वापतको १० लाख ८३ हजार ७१२ दशमलव ५० कित्ता शेयर सूचीकृत गराएको हो । शेयर लगानीकर्ताले आफ्नो हितग्राही खातामा आएपछि दोस्रो बजारमा कारोबार गर्न सक्नेछन् । अर्थात सो शेयर हितग्राही खातामा जम्मा भएपश्चात सदस्यहरुले कारोबार गर्न सक्नेछन् ।
बैंकले यसअघि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा असार ३१ गते सूचीकृत गराएको थियो । कम्पनीले सो बोनस गत चैत ८ गते १४ औं वार्षिक साधारण सभाबाट पारित गरेको थियो । गत फागुन २६ गतेसम्म आफनो भौतिक शेयर अभौतिकीकरण गराएकाहरूको हकमा बोनस शेयर हितग्राही खातामा जम्मा गरेको र त्यस मितिपछि गराएकाहरुको हकमा पनि क्रमशः जम्मा गरिदै जाने कम्पनीको भनाई छ । कम्पनीको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति: साउन ४ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend