Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको मालपोतको भवन पानबारीमा

हाम्रो कोशी आवाज
साउन ११ २०७७, आइतबार
धरानको मालपोतको भवन पानबारीमा

धरानः लकडाउनले रोकिएको धरानको मालपोत कार्यालयको भवन निर्माण तीब्र गतिमा अगाडि बढिरहेको छ ।
यसअघि लकडाउनका कारण सो भवन निर्माण रोकिएको र अहिले तीब्र गतिमा अघि बढेको प्रमुख दिलशेर राई बताउँछन् । ‘लकडाउन नभएको भए यतिबेला चिटिक्कको भइसक्थ्यो’, उनले भने, ‘लकडाउनपछि अहिले तीब्र गतिमा काम अघि बढेको छ ।’
उनले अहिले भवनको निर्माण कार्य ६० प्रतिशत बढी सकिएको बताए । ‘लगभग ६० प्रतिशत बढी काम अघि बढिसकेको छ’, उनले भने, ‘२०७७ भित्र चिटिक्क बनिसक्छ ।’ उनले २०७७ वैशाख ३ गतेसम्म भवन निर्माण सक्नेगरी सम्झौता भएको बताए ।
उनले अहिले यहाँ भाडा तिर्दै सञ्चालन गरिरहेको र भवन बनिसकेपछि सबै कामकाज त्यहाँबाट गरिने बताए । ‘माथिबाट के निर्णय आउँछ हेरौं, मालपोतको भवन त बनिसकेपछि सारौं अर्थात् नापीको भवन बनिसकेपछि सारौं भन्ने आउँछ’, उनले थपे, ‘नापीको भवन पनि बन्ने प्रक्रियामा छ ।’
उनका अनुसार नापीको भवन निर्माणका लागि अहिले टेण्डर भइसकेको र सम्झौता हुन बाँकी रहेको बताए । ‘नापीकै भवन पनि सोही स्थानमा निर्माण हुनेछ, भवन निर्माणका लागि टेण्डर भएर सम्झौता हुन बाँकी छ ।’ उनले भने ।
अहिले धरान–१६ मा रहेको मालपोत कार्यालयलाई पानबारीमा स्थानान्तरण गर्न लागिएको हो । नमूना कार्यालयको अवधारणामा अघि बढेको सरकारले पानबारीमा मालपोतको भवन बनाएको हो । सरकारले ३ करोड ८२ लाख ८८ हजार ४ सय ३४ रपैयाँ बजेट विनियोजन गरेपछि त्यहाँ भवन बनेको हो । गत वैशाख १ गतेदेखि भवन निर्माण थालिएको तर लकडाउनले रोकिएको थियो । तीन तले भवन बनाउने लक्ष्य लिइएको भवनको आशिष आशिर्वाद जेवी त्रियुगा–१३ उदयपुरले ठेक्का लिएको हो ।
२०७२ सालदेखि नै मालपोतले भाडा तिर्दै आएको छ । लामो रस्साकस्सीपछि धरानमा नापी र मालपोतको सेवा उपलब्ध भएको हो । यसअघि धरानेले इनरुवासम्म पुगेर सेवा लिनुपरिरहेको थियो ।

प्रकाशित मिति: साउन ११ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend