Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानबाट पूर्व चल्ने बसमा यात्रा कति सुरक्षित, कति असुरक्षित ?

हाम्रो कोशी आवाज
साउन १९ २०७७, सोमबार
धरानबाट पूर्व चल्ने बसमा यात्रा कति सुरक्षित, कति असुरक्षित ?

धरानः कोरोना संक्रमणको जोखिमबीच यातायात व्यवसायीले गाडी चलाउन थालेका छन् । नियम पालना गरेर गाडी सञ्चालन हुनेमा सर्वसाधारण अझै ढुक्क हुन सकेका छैनन् । तर बसका कर्मचारी स्वास्थ्य सचेतना अपनाएर गाडी चलाइरहेको बताउँछन् । ट्राफिक प्रहरी पनि प्रभावकारी रूपमा अनुगमन गरिरहेको दाबी गरिरहेका छन् ।
धरानबाट पूर्व चल्ने अधिकांश सार्वजनिक बसले सतर्कता अपनाउन थालेका छन् । यात्रु लिन भानुचोकमा रहेका अधिकांश बसका कर्मचारीले नै यात्रुलाई सचेत गराउन थालेका हुन् । ‘बस चढ्नुअघि नै बिनामास्क नचढौं’, आइतबार भानुचोकमा भेटिएका बसका कन्डक्टर सुमन थापाले भने, ‘सबैले सतर्क हुनुपर्ने बेला आएको छ ।’
सडकमा निस्कनुअघि सेनिटाइजर छर्किने र यात्रु चढ्दा पनि सेनिटाइजर प्रयोग गर्दै दिँदै आएको उनले बताए । ‘कोरोनाको जोखिम कम गर्न बिहान ग्यारेजबाट निस्कनुअघि बसका कर्मचारीले बस सफा गर्ने र सेनिटाइजर छर्किने गरेकै हुन्छन्’, उनले भने, ‘त्यसपछि सडकमा निस्किएपछि पनि यात्रु र बसका कर्मचारीलाई अनिवार्य सेनिटाइजर र मास्क अनिवार्य गर्दै आएका छौं ।’
बसलाई दैनिक डिटोल पानीले धुँदै आएको कर्मचारी पनि बताउँछन् । ‘बसलाई दैनिक डिटोल पानीले धुन्छौं,’ बसका कर्मचारी सुदन सुब्बाले भने, ‘बिहान ग्यारेजबाट निस्कनुअघि स्यानिटाइजर छर्कने गरिरहेका छौं ।’ आइतबार पूर्व उर्लाबारीसम्म पुग्ने यात्रुले सचेतना अपनाएको पाइयो । सबै यात्रुले मुखमा अनिवार्य मास्क लगाएका थिए । त्यस्तै, बसका कर्मचारी पनि यस विषयमा सचेत नै देखिए । उनीहरूले पनि मास्क लगाउने, यात्रु र आफूले अनिवार्य सेनिटाइजर लगाउने गरेका थिए । त्यस्तै, उर्लाबारीदेखि काकडभिट्टासम्म पुग्ने यात्रुले पनि सचेतना अपनाएको पाइयो । सोमबार पूर्वबाट धरान फर्किने यात्रुको दृश्य हेर्दा फरक पाइयो । पूर्वबाट धरान फर्किने केही यात्रु र बसकै कर्मचारीले पनि नियम पालना गरेको देखिएन । मास्क अनिवार्य लगाऔं है भनिरहेका कतिपय बसका कर्मचारीले नै मास्क समेत लगाएका थिएनन् ।
पूर्वबाट धरान सवारी हुने केही बसमा ढोकैसम्म यात्रु झुन्डिएको समेत पाइयो । हुलमुलका साथ बढी यात्रु चढाउन पनि बसका कर्मचारी तयार भए । ‘अझै भित्रै जानुस् न,’ सहचालकले यात्रुलाई धकेल्दै भन्दै थिए, ‘नजिकै त कोच्चिएर भएपनि जानुपर्छ नि ।’ बिर्तामोडसम्मको यात्रामा कहीँकतै पनि ट्राफिक प्रहरीको उपस्थिति देखिएन । ट्राफिकको उपस्थिति नभएपनि अधिकांश चालक, सहचालकलाई धेरै यात्रु हाले, मास्क नलगाए ‘ट्राफिकले जरिवाना तिराउँछ’ भन्नेबारेमा भने सचेत भएको पाइयो तर उनीहरूले नै तोकिएको नियमभन्दा बढी यात्रु चढाइरहेका थिए ।
धरानबाट पूर्व काकडभिट्टा पुग्न उर्लाबारीस्थित पावाखोलाको पुल तरेपछि बस परिवर्तन गर्नुपर्ने हुन्छ ।
फोटोः हाम्रो कोशी आवाज

दमक बसपार्कमा जहिल्यै यस्तो दृश्य
दमक बसपार्कमा यात्रुको सहजताका लागि बनाइएको फलैंचामा यात्रु नै यसरी बसेको पाइएको छ । अधिकांश यात्रु, बसका कर्मचरी यसरी नै दिनहुँ बसिरहने गरेको स्थानीयबासी बताउँछन् । यसले दमक बसपार्कको खिल्ली उड्ने गरेको महसुस गर्दै आएको स्थानीयबासी बताउँछन् ।

प्रकाशित मिति: साउन १९ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • ११ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १५ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १५ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १८ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • धरानको विश्वकर्मा मन्दिरमा यस वर्ष पूजा गर्नेको भीड लागेन (फोटो फिचरसहित)

    धरानः धरानस्थित विश्वकर्मा मन्दिरमा सधैंको वर्षझैं यसवर्ष भीड लागेन । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण पनि यस वर्ष भक्तजन घटेको हुनसक्ने लाङघाली टोल विकास...

    • १९ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend